भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८९ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८९ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ३ लाख ८९ हजार ५ सय ६६ जनाले कोरोना जित्न सफल भएका छन् ।

त्यसैगरि भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ३ सय ३४ जना नयाँ संक्रमित थपिएका छन्। ।

यता दैनिक कोरोना संक्रमित हुनेको संख्या घटेको भएपनि संक्रमणका कारण मृत्यु हुनेको संख्यामा कमी आएको छैन ।

पछिल्लो २४ घण्टामा भारतमा चार हजार ५ सय २९ को कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भारतमा पहिलोपटक एकै दिन यति धेरैको मृत्यु हुनेको यो संख्या हालसम्म कै उच्च हो ।

भारतमा कोरोना संक्रमित हुनेको कुल संख्या २ करोड ५४ लाख ९६ हजार ५ सय भन्दा बढि पुगेको छ ।

भारतमा हाल ३२ लाख २६ हजार ७ सय भन्दा बढि सक्रिय संक्रमित रहेका छन् भने हालसम्म १८ करोड ५८ लाख ९ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);