काठमाडौं । लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आज बिहान ५ बजेर ४२ मिनेट जादा ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लासम्म महसुश गरिएको थियो ।
भूकम्पबाट केही क्षति भए नभएको विवरण आएको छैन ।