डोटी । डोटीमा जारी निषेधाज्ञामा थप कडाइ गरिएको छ ।
निषेधाज्ञाकाबीच मानिसहरु बिना काम सडक बजारमा डुल्ने र सवारी गुडाउने गर्न थालसँगै पप्रहरीले कडाइका साथ निषेधाज्ञाको पालन गराउन सुरु गरेको हो ।
निषेधाज्ञाको उल्लङ्घन गरी सडक तथा बजार क्षेत्रमा डुल्ने व्यक्तिहरुलाई प्रहरीले सडकमा उभ्याएर कारबाही गर्न थालेको छ । जिल्लामा कोरोनाको संक्रमण तिब्र गतिमा फैलिरहेको र त्यसलाई नियन्त्रण गर्न स्थानीय सरकारको समन्वयमा गाउँगाउँमा समेत ग्रामिण गस्ती परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले भारत लगायत अन्य मुलुकबाट आएर होम क्वारेन्टाइनमा बसेका मानिसहरुको पनि निगरानी राखेको छ ।
होम आइसोलेसनमा बस्न भनेकाहरुले स्वास्थ्य मापदण्ड पालना नगरि गाउँमा हुने विवाह व्रतबन्धमा सहभागी हुने जाँडरक्सि सेवन गरेर गाउँपसमा डुल्ने गरेको पाइएपछि प्रहरीले त्यस्ता व्यक्तिको निगरानी राखिरहेको र कारबाही अगाडी बढाएको जनाएको छ ।
डोटीमा सुरुका केही दिन लकडाउन खुकुलो गरिएपनि संक्रमण र मृत्यु दर बढ्दै गएपछि बिस्तारै कडा बनाउँदै लगिएको छ ।