आईपीएल स्थगित भएको २ हप्तापछि अस्ट्रेलियाकाका खेलाडीहरु स्वदेश पुगे | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

आईपीएल स्थगित भएको २ हप्तापछि अस्ट्रेलियाकाका खेलाडीहरु स्वदेश पुगे

एजेन्सी । इण्डीयन प्रिमियर लिग आइपीएल स्थगित भएपछि घर फर्केका अस्ट्रेलियाकाका खेलाडिहरु बल्ल स्वदेश पुगेका छन् । गत मे चार तारिखमा आईपीएल स्थगित भएको २ हप्तापछि अस्ट्रेलियाकाका खेलाडिहरु बल्ल स्वदेश सोमबार स्वदेश पुगेका हुन ।

भारतबाट सिधै अस्ट्रेलिया उडान स्थगित भएपछि खेलाडीहरु माल्दिभ्स हुँदै स्वदेश फिर्ता भएको र उनीहरु सोमबार बिहान सिड्नीमा उत्रिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अस्ट्रेलिया फर्किएकाहरुमा खेलाडी, प्रशिक्षक, अम्पाएर, कमेन्टेटर रहेका छन् ।

खेलाडीहरु स्टीव स्मिथ, डेभिड वार्नरसहित केही खेलाडीहरु सिधै घर जान भने पाउने छैनन् । उनीहरु सिड्नीकै होटेलमा १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने छ । उनीहरुको कोरोनाको दुई पटक रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर फर्कन पाउने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);