राजेन्द्र बस्नेत ,
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका अनिश्चितकालका लागि बन्द गरिएको छ । पालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण पौडेल सहित ३ जना कर्मचारीको पीसीआर चेक गर्दा कोरोना पुष्टि भएपछि गाउँपालिका बन्द गरिएको पालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले सुचना मार्फत जानकारी दिएका छन् ।
हिमाली जिल्ला सोलुखुम्बुको कम जनघनत्व भएको यो गाउँपालिकामा पनि अहिले कोरोना संक्रमण तिव्ररुपले बढीरहेको पछिल्लो रिर्पोटहरुले पुष्ट्रि गर्न थालेको छ । ३० जनाको पीसीआर परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएपछि लिखुपिकेमा यसको सन्त्रास बढन थालेको छ ।
स्थानिय सरकारको रुपमा रहेको पालिका बन्द हुदाँ सर्वसाधारणमा चिन्ता बढेको छ भने पालिकाले स्थानिय जनताले समस्या लाई गम्भिर रुपमा नलिएका कारण समस्या अझ बढन सक्ने भन्दै बेलैमा सचेत रहन सबैसँग आग्रह गरेको छ ।
यसरी पालिका बन्द हुँदा भुकम्पको दोस्रो तथा अन्तिम किस्ता लिने सेवाग्राहि लाई प्रत्यक्ष प्रभाव परेको जनगुनासो बढेको छ ।
पालिकाकाको स्वास्थ्य शाखाले जोखिम न्युनिकरणका लागी अहिले अक्सिजन सहितको १० बेड तयारी गर्नुका साथै एन्टिजेन विधि बाट परिक्षण लाई तिव्रता दिने जानकारी दिएको छ । सोलुखुम्बु जिल्लाभर अहिले २०० जना संक्रमित छन भने १ पुरुषको कोरोनाका कारण मुत्यु भएको छ ।