वरिष्ठ साहित्यकार प्रा. सुवेदीको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वरिष्ठ साहित्यकार प्रा. सुवेदीको निधन

काठमाडौँ। वरिष्ठ साहित्यकार प्रा. राजेन्द्र सुवेदीको कोरोना संक्रमणका कारर ७६ वर्षका उमेरमा निधन भएको छ ।

उनको सोमबार अस्पतालमै निधन भएको हो । सुवेदीको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

वि.सं २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित भइसकेका छन् ।

त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापक गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्वअध्यक्ष तथा महाप्रबन्धक समे भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);