ओमनबाट ५६० थान अक्सिजन सिलिन्डर नेपाल ल्याइदै | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८१, शुक्रबार

ओमनबाट ५६० थान अक्सिजन सिलिन्डर नेपाल ल्याइदै

काठमाडौँ। नेपालले ओमानबाट ५६० थान अक्सिजन सिलिन्डर ल्याउँदै छ । उक्त अक्सिजन सिलिन्डर आज साँझ साढे ६ बजे काठमाडौँ आइपुग्ने छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अक्सिजन सिलिन्डर लिन ओमनको लागि शनिवार बिहान उडेको हो। हाल नेपालमा अक्सिजन सिलिन्डरको अभाव भइरहेको छ । यसैबीच ५६० थान सिलिन्डर लिन नेपाल वायुसेवा निगमको जहाज ओमन गएको हो ।

जहाज शनिवार साँझ साढे ६ बजे अक्सिजन सिलिन्डर लिएर काठमाडौँ आइपुग्ने बताइएको छ । गैरआवासिय नेपाली संघ र मस्कटस्थित नेपाली दूतावासको सहयोगमा नेपाललाई अक्सिजन सिलिन्डर उपलब्ध गराइएको हो ।

मस्कटमा रहेको अल हप्सी ट्रेडिङ कम्पनीसँग ६३ हजार ७ सय डलरमा खरिद गरिएको सलिन्डरलाई हाल मस्कट विमानस्थलमा राखिएको त्यहाँको नेपाली दूतावासले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);