काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांस भूभागमा आंशिक देखी सामान्य बदली रहने छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भूभाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।।
अहिले देशका सुदुरपश्चिम प्रदेश, बाग्मती प्रदेश तथा प्रदेश नं १ का केही भूभागमा आंशिक देखी सामान्य बदलीको अवस्था रहेको छ भने बांकी भुभागहरुमा सामान्य देखि पूर्ण बदली रहेको छ ।
आज दिउँसो देशको प्रदेश नं १, प्रदेश नं २ लगायत अन्य पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ ।
देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २,गण्डकी प्रदेश र बाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति अधिकांश भूभागहरुमा सामान्य देखि पुर्ण बदली रहि देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बाग्मति प्रदेशका तराइका भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
देशको केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।