जिल्ला अस्पताल सल्लेमा अक्सिजनको अभाव | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

जिल्ला अस्पताल सल्लेमा अक्सिजनको अभाव

भरत चन्द,
रुकुम पश्चिम ।
रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा अक्सिजन सिलिन्डरको अभाव भएको छ । दोस्रो लहरको कोभिड –१९ का कारण जिल्लामा संक्रमितको संख्या बढेसँगै अक्सिजन सिलिण्डरको अभाव भएको हो ।

अक्सिजन सिलिण्डरको अभाव हुँदा अस्पतालमा रहेका कोभिड संक्रमितको उपचारमा थप समस्या देखिएको अस्पतालका मेडिकल अधिकृत राजकुमार भुजेलको भनाई छ । उनका अनुसार हाल अस्पतालमा १५ जना बढि संक्रमितलाई एकैपटक अक्सिजन दिनुपर्ने अवस्था रहेको छ । तर अस्पतालमा भने अक्सिजन सिलिण्डरको अभाव हुँदा कोभिड संक्रमितका बिरामीले अक्सिजन पाउने अवस्था न्यून बन्दै गएको छ ।

स्वास्थ्य सेवा कार्यालयले भने अस्पतालमा भएका अक्सिजन सिलिण्डरमा तत्काल अक्सिजन भर्न नसकिएकोले थप समस्या देखिएको बताएको छ ।

रुकुम पश्चिममा कोभिड –१९ को दोस्रो लहर सुरु भएदेखि जिल्लामा हालसम्म ५ सय ४० जनामा कोभिड संक्रमण देखा परेको छ । त्यस्तै कोरोना संक्रमणकै कारण ९ जनाको मृत्यु भएको जिल्ला अस्पत्तालको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);