पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई मतदान गर्न ह्वीप जारी गरेको छ ।
राष्ट्रिय जनमोर्चाका सचेतक पियारी थापाले पत्र निकाल्दै आफ्ना प्रदेश सदस्यहरुलाई नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीको गठबन्धनबाट प्रस्तावित कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।
गण्डकी प्रदेशमा जनमोर्चाका ३ सांसद छन् ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबार राजीनामा दिएका थिए ।