लुम्बिनी प्रदेश सभा सदस्य अमरबहादुर डाँगीद्वारा राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

लुम्बिनी प्रदेश सभा सदस्य अमरबहादुर डाँगीद्वारा राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेश सभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले पदबाट राजीनामा दिएका छन् ।

नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (२) बाट निर्वाचित डाँगीले आज प्रदेश सभा सचिवालयमा राजीनामापत्र बुझाएको लुम्बिनी प्रदेश सभा सचिवालयका प्रवक्ता हरिहर पोखरेलले जानकारी दिए ।

डाँगीले दिएको राजीनामा सभामुखले तोक लगाएपछि संसद् सचिवालयले सूचना टाँस गर्ने पोखरेलले बताए । डाँगीले आजैबाट लागु हुने गरी राजीनामा दिएको पोखरेलले जानकारी दिए ।

नेकपा एमालेको माधव नेपाल गुटमा लाग्नु भएका डाँगी एमालेको प्रदेश सभा संसदीय दलको बैठकमा सहभागि भएर सरकारको पक्षमा हस्ताक्षर गरे लगत्तै सरकार गठनको विरोधमा माओवादी–कांग्रेस गठबन्धनले आयोजना गरेको धर्ना कार्यक्रममा सहभागि हुन पुगेका थिए ।

लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको एमाले सरकारलाई असफल बनाउन नेकपा एमालेकै माधव गुट लागि रहेको छ । डाँगी सहित माधव गुटका दुईजना सांस्दले राजीनामा दिएका छन् भने अर्का एक सांसद्ले माओवादी पक्षमा लागेको घोषणा गरेका छन् ।

यस अघि प्रदेश सभा सदस्यबाट राजिनामा दिएका एमाले संासाद दूगनारायण पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन् । उनलाई कांग्रेसले राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउन लागेको छ । अर्की सांसद् विमला खत्री माओवादीमा प्रवेश गरेकी छिन् ।

आइ.एन.ए

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);