काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा आज बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
बैठकले ओलीलाई विश्वासको मत लिनबाट रोक्न अरु दलसँग पनि छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाश शरण महतले जानकारी दिएका छन् ।
बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महतले कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वास मत लिनबाट असफल बनाएर बैकल्पिक सरकार गठनमा लाग्ने बताएका हुन् ।