कपिलवस्तु । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको पहिलो दिनका कपिलवस्तुुको बिभिन्न ठाँउ तौलिहवा, चन्ट्रोेटा, जितपुर, कृष्णानगर बजार पूर्ण रुपमा बन्द गरिएको छ । बिहानैदेखि कपिलवस्तुको बिभिन्न चोकचोकमा मानिसहरुको जमघट घटेको छ । निजि सवारी साधनपनि पूर्ण रुपमा ठप्प भएको छ ।
कपिलवस्तुुमा बैशाख २१ गते देखि ३१ गतेसम्म कपिलवस्तु जिल्लामा निषेधाज्ञा जारी भएको हो । यसैबीच अत्यावश्यक बस्तु किनमेलका लागि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म अति आवश्यक बस्तुहरु किनमेल गर्नका लागि खुल्ला हुने कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
हाल कपिलवस्तुमा कोरोना संक्रमितको संख्या सात सय २५ पुगेको छ भने मृत्यु हुनेको संख्या ५१ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।