सुनसरी । कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि सुनसरीमा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यलयले आजबाट बैशाख ३१ गते सम्मका लागि पूर्ण निषेधाज्ञा जारी गरेको हो ।
योसंगै आजबाट जोर बिजोर प्रणालिबाट संञ्चालन हुँदै आएको यातायात सेवा पनि पूर्ण रूपमा बन्द गर्ने भएको छ ।
बैठकले यस अघि ११ बजे सम्म संञ्चालन गर्न दिएको खाद्य लगायत अत्यावश्यक बस्तुका पसलहरू संञ्चालन गर्ने समयअवधी १ घण्टा घटाएर १० बजे सम्म मात्र संञ्चालन गर्न दिने भएको छ ।
बैठकले अत्यावश्यक काम बाहेक हिडडुलमा समेत रोक लगाएको छ ।