उत्तम रिजाल,
झापा । पौडी खेल्ने क्रममा झापाको शिवसताक्षी नगरपालिका–८ डुडामारीका २८ बर्षीय जीवन थाम्सुहाङको डुबेर मृत्यु भएको छ । सोमबार बेलुका साँढे ५ बजे शिवसताक्षी नगरपालिका–१० स्थित माईखोलामा साथीहरूसंग पौडी खेल्ने क्रममा माईखोलाको बाधबाट बगी उनी बेपत्ता भएका थिए ।
थाम्सुहाङ बेपत्ता भएको खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय झिलझिले र अस्थाई प्रहरी पोष्ट माईधारबाट प्रहरी टोली खोजतलासका लागि माइखोला गएको थियो ।
खोजतलास गर्दा बेलुका साँढे ७ बजे बगेको ठाँउबाट अन्दाजी ५०० मिटर दक्षिण थाम्सुहाङ मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।