फ्रन्टलाइनमा खटिने कर्मचारीको तलबमा ५० प्रतिशत वृद्धि : प्रधानमन्त्री ओली (पूर्णपाठसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

फ्रन्टलाइनमा खटिने कर्मचारीको तलबमा ५० प्रतिशत वृद्धि : प्रधानमन्त्री ओली (पूर्णपाठसहित)

काठमाडौं । कोरोना महामारीको समयमा फ्रन्टलाइनमा खटिने कर्मचारीलाई ५० प्रतिशत तलबमा वृद्धि गरिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् ।

आज देशवासीको नाममा भएको सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो महामारीको समयमा फ्रन्ट लाइन खटिएका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुको तलबमा ५० प्रतिशत वृद्धि गर्ने घोषणा गरेका हुन् ।

साथै प्रधानमन्त्री ओलीले यस्तो अवस्थामा संक्रमितको उपचारका लागि जनशक्ति अभाव हुन नदिनका लागि अवकाश प्राप्त चिकित्सक तथा अन्य चिकित्सकहरुलाई एक वर्षका लागि करारमा काम गराइने भएको छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकार नागरिकको जीवन रक्षाका लागि जिम्मेवार रहेको र कुनै कसर बाँकी नराख्ने पनि बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);