भक्तपुर । भक्तपुरमा निषेधाज्ञा थप कडाइ गरिएको छ ।
कोरोना भाइसको दोस्रो लहर तीब्र गतिमा फैलिन थालेपछि रोकथाम तथा न्यूनीकरणका लागि प्रशासनले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा थप कडाइ गरेको हो ।
उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई पूर्वी नाका साँगामा सुरक्षाकर्मीले चेकजाँचमा कडाई गरिरहेका भक्तपुर जिल्ला प्रशासन कार्र्यालयका सूचना अधिकारी एवं सहायक जिल्ला अधिमारी मुकेश कुमार केशरीले जानकारी दिएका छन् ।
सुरक्षाकर्मीहरुले गाडी, मोटरसाइकललाई रोकेर पास चेकजाँच गरेर मात्र पठाउने गरेको छ । अरनिको राजमार्ग र भित्री बाटोहरुमा पनि सुरक्षाकर्मीहरुले चेकजाँच गरिरहेका छन् ।
त्यस्तै निषेधाज्ञामा जिल्लाको विभिन्न ठाउँमा मास्क नलागाई हिड्नेहरुलाई सम्झाई बुझाई गर्ने र अनिवार्य मास्क लगाउनु पर्ने आग्रह गरिएको छ ।
पास नभएको गाडी, मोटरसाइकललाई होल्डमा राखेर राति ७ बजेपछि मात्र छोड्ने गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारि दिपक गिरिले बताए ।