सोमबारदेखि पसलहरु बेलुका खोल्न निषेध, निषेधाज्ञामा थप कडाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सोमबारदेखि पसलहरु बेलुका खोल्न निषेध, निषेधाज्ञामा थप कडाई

kathmandu-lockdown

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले सामेबारदेखि निषेधाज्ञामा थप कडाइ गर्ने भएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले यस्तो निर्णय गरेको हो ।

सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरु खोल्न अनुमति दिने निर्णय गरेको छ । यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएकोमा अब ‘बैंक तथा वित्तिय संस्थाको अनावश्यक मुभेन्टलाई रोक्ने र बेलुकापख पसल खोल्न नदिने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार मास्क नलगाउनेलाई समेत होल्डिङमा राखेर जरिवाना गर्ने निर्णय गरिएको बताए । साथै, पत्रकारको प्रेस पासको हकमा सम्बन्धित संचारमाध्यमले उपलब्ध गराएको सूची हेरेर मात्र निर्णय गरिने प्रजिअ पराजुलीले बताएका छन।

अब प्रेस पास को–कोलाई दिने भन्ने कुरा सम्बन्धित मिडियाले उपलब्ध गराएको सूची हेरेर हामीले निर्णय गर्छौं’ उनले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);