काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोरोना संक्रमित भएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनाललाई कोरोना संक्रमण पुुष्टि भएसँगै मनमोहन मेमोरियल अस्पताल भर्ना गरिएको बताइएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर भएकाले नर्भिक अस्पताल पठाउन तयारी भईरहेको अस्पतालले जनाएको छ ।
त्यसैगरी नेकपा एमाले कै अर्का नेता एवम् पूर्वमन्त्री मोदनाथ प्रश्रितलाई पनि संक्रमण पुष्टि भएको छ । उनको पनि मनमोहन अस्पताल मै उपचार भईरहेको छ ।