प्रकाशको निधनले स्तब्ध कार्यकर्ता, माओवादीसँगै अन्य दलका नेता कार्यकर्तापनि अस्पतालमा | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८१, आइतबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको काठमाडौंको नर्भिक अस्पतालमा निधन भएपछि अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

नेपाल प्रहरीसंगै सशस्त्र प्रहरीको टोलीले अस्पताल परिसरमा सुरक्षा दिइरहेको छ । अस्पताल परिसरमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता, आफन्त, सुभेच्छुकसंगै अन्य दलका नेताहरुसमेत पुग्ने क्रम जारी छ। माओवादी केन्द्रका नेताहरु पम्फा भुषाल र रामबहादुर थापा बादल अस्पतालमा पुगेका छन् । त्यसैगरी एमालेका वरिष्ठ नेता झलनाथ खनाल पनि अस्पतालमा पुगेका छन्।

उनको बिहान ६ बजे आसपास निधन भएको खवर आएसंगै सुरक्षा दस्ता तैनाथ गरिएको प्रहरी उच्चस्रोतले जनाएको छ । प्रकाशको निधन के कारणले भयो भन्ने यकिन भइनसके पनि हृदयघात नै भएको हुनसक्ने बताइएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);