काठमाडौं । रुपन्देहीमा एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् । शनिबार बिहान सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शौचालयमा आत्महत्या गरेका हुन् । वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि सैनामैना नगरपालिकाले सञ्चालन गरेको अस्थायी अस्पतालमा उनी भर्ना भएको नगर उपप्रमुख बिना रानाले जानकारी दिए ।
स्वास्थ्य अवस्था सामान्य रहेको अवस्थामा बिहान ४ बजे शौचालय गएका उनले झण्डिएर आत्महत्या गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले बताए । ‘स्वास्थ्य अवस्था सामान्य रहेकाले उनलाई डिस्चार्जको तयारी गरिएको थियो’ –हेमराजले भने ।
यसअघि बुटवलमा बेड नपाएर भर्ना भएका एकजना संक्रमितको अस्थायी कोरोना विशेष अस्पतालमा नै ज्यान गएको थियो । अस्पतालमा ९ जना संक्रमित उपचाररत रहेको शाखा प्रमुख हेमरराजको भनाई छ ।
आइ.एन.ए