प्रदेश १ का ७ जनामा कोरोनाको आशंका | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रदेश १ का ७ जनामा कोरोनाको आशंका

pradesh 1

सुनसरी, १२ चैत । भारतको पञ्जाब बाट सुनसरी आइपुगेका दुई जना र फ्रान्सबाट कोरोना संक्रमति युवती सँगै आएका ३ जनालाई कोरोनाको आशंकामा अस्पताल पठाईएको छ । भारतमा रोजगारी गर्दै आएका ति युवा कोरोना संक्रमणको जोखिम बढेपछि घर फर्किएका थिए ।

इनरुवा अस्पतालले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएकामा एकजना इनरुवा र अर्का महेन्द्रनगर चक्रघट्टीका रहेका छन् । इनरुवा घर भएका युवामा ज्वरो देखिएपछि उनलाई इनरुवा नगरपालिकाले बस चोकमा संचालनमा ल्याएको क्वारेन्टाइन स्थलमा पु¥याइएको थियो ।

क्वारेन्टाइनमा खटिएको टोलीले अस्पतालको सिफारिस आवश्यक पर्ने भनि फर्काए पछि इनरुवा अस्पतालका मेसु डा.सन्तोष राईले चेकजाँच गरेका छन् । डा.राईका अनुसार इनरुवा घर भएका युवामा ज्वरो देखिएको छ । सामान्य रुपमा सुख्खा खोकी लागेको भएपनि स्वासप्रश्वासमा भने समस्या नदेखिएको राईले जानकारी दिए ।

उनीसँगै भारतबाट आएको भएकाले अर्का युवालाई समेत अस्पतालमा चेकजाँच गरिएको डा. राईले बताए । अस्पतालले चक्रघट्टीका युवाको स्वास्थ्य अवस्था पूर्ण रुपमा सामान्य रहेको बताए । यद्यपी इनरुवा अस्पतालले भारतमा कोरोनाको संक्रमण देखिएको र संवेदनशील क्षेत्रबाट आएको हुँदा दुवै युवालाई थप परीक्षणका लागि धरान रेफर गरिएको जनाएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले इनरुवा अस्पतालमा आएका शंकास्पद बिरामीको चेकजाँच पश्चात थप परीक्षण गर्न वीपी प्रतिष्ठान धरान रेफर गरिएको जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);