तत्काल नयाँ सरकार बन्दैन, हामीसँग बहुमत पुग्दैन : सभापति देउवा | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

तत्काल नयाँ सरकार बन्दैन, हामीसँग बहुमत पुग्दैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुरले नयाँ सरकार बनाउने प्रक्रिया अगाडि बढाउन नसकिएको बताएका छन् ।

कोभिड–१९ संक्रमणको जोखिमबीच शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा देउवाले नयाँ सरकार बनाउन बहुमत नपुगेको बताएका हुन् । पार्टीले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपनि कांग्रेस र माओवादी केन्द्रका सांसदले मात्र बहुमत नपुग्ने देउवाले प्रष्ट पारे ।

जसपाले निर्णय नगरेकाले नयाँ सरकार बनाउने प्रक्रियामा अगाडि बढ्न नसकिएको पनि देउवाको दाबी छ । यद्यपी जसपासँग छलफल भइरहेको उनले बताए । देउवाले भने– ‘जसपासँग मेरो कुरा भइरहेको छ, बहुमत पुगेपछि तपाईंहरूलाई बोलाएरै भनौंला, के–के गरिरहेका छौं भनेर सबै कुरा यता किन भन्ने मैले ?’

प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्तावल्याउन समेत बहुमत नपुगेको बताउँदै देउवाले भने– ‘अविश्वास प्रस्ताव र नयाँ सरकारका लागि संख्या पुगेको छैन, कांग्रेसको संख्या नपुगे पछि केका लागि अविश्वासको प्रस्ताव दर्ता गर्ने ? संख्या पुग्दैन भन्ने त सबैलाई थाहा छ नी, प्रचण्डलाई पनि थाहा छ ।’
आइ.एन.ए

Leave a Reply