भारतका लागि अमेरिकी सहयोगको पहिलो खेप दिल्ली पुग्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

भारतका लागि अमेरिकी सहयोगको पहिलो खेप दिल्ली पुग्यो

एजेन्सी । कोरोना महामारीबाट जुधिरहेको भारतका लागि अमेरिकाले पठाएको सहायता सामग्री नयाँदिल्ली पुगेको छ । अमेरिकाले मद्दतको पहिलो खेप शुक्रबार बिहान भारतमा झारिएको छ ।

कोरोनाको लडाईंमा भारतलाई सहयोग गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रतिबद्धता अनुसार पहिलो खेपको सामग्रि शुक्रबार दिल्ली पुगेको हो । अमेरिकी वायुसेनाको जहाजमार्फत ४ सयभन्दा बढी अक्सिजन सिलिण्डर, १० लाख ¥यापिड कोरोना टेस्ट र अन्य चिकित्सा उपकरण रहेको बताइएको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठन कोरोना नियन्त्रणका लगाइएको प्रतिबन्ध खुकुलो पार्दा भारतजस्तै अवस्था आउन सक्ने चेतावनी दिएको छ ।

युरोपका लागि विश्व स्वास्थ्य संगठनका प्रमुख ह्यान्स क्लूगले अहिले युरोपेली मुलुकहरुले भारतजस्तो स्थिति कुनै पनि बेला निम्तिन सक्छ भन्ने बुझ्न अत्यावश्यक रहेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);