शिक्षा मन्त्रालयले ‘वर्क फ्रम होम’ र आलोपालो प्रणालीमा काम गर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८१, मंगलबार

शिक्षा मन्त्रालयले ‘वर्क फ्रम होम’ र आलोपालो प्रणालीमा काम गर्ने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वर्क फ्रम होम र आलोपालो प्रणालीमा काम सञ्चालन गर्ने भएको छ । बिहीबारबाट सुरु भएको निषेधाज्ञाको समयमा मन्त्रालयले सूचना जारी गर्दै आलोपालो प्रणालीमा काम गर्न सकिने उल्लेख गरेको छ ।

घरबाट गर्न सकिने कामको हकमा वर्क फ्रम होमको व्यवस्था गर्दै पालोमा अनुपस्थित हुने कर्मचारीको सम्बन्धित कार्यालय प्रमुखले कोभिड काज जनाउने सूचनामा उल्लेख गरिएको छ ।

मातहतमा रहेका केही आयोग, केन्द्रीय कार्यालय र केही परियोजनाको काममा भिडभाड कम गर्दै काम सुचारु राख्ने मन्त्रालयले जनाएको छ । आफू मातहतका २३ वटा कार्यलयहरुलाई कोभिड १९ रोकथामका लागि मन्त्रिपरिषद्बाट निर्णय भए बमोजिम काम गर्नु गराउन अनुरोध गरिएको पत्रमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);