उपत्यकासहित २ सय भन्दा बढी कोरोना संक्रमित जिल्लामा ‘वर्क फ्रम होम’ | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

उपत्यकासहित २ सय भन्दा बढी कोरोना संक्रमित जिल्लामा ‘वर्क फ्रम होम’

mantriparisad

काठमाडौं, २७ साउन । सरकारले कोभिड १९ संक्रमणको सक्रिय संक्रमित २ सय भन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकामा ‘वर्क फ्रम होम’ को नियम लागू गरेको छ ।

सरकारले सरकारी र गैह्र सरकारी निकायहरु बैंक सहकारी, लघुवित्त, वित्तीय संसंस्था लगायतका जनतासँग प्रतक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय एवं संघ संस्थाहरुले विद्युतिय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने र बढीमा ५० प्रतिशत कर्मचारी कार्यालयमा आलोपालो गरी उपस्थित हुने र अन्य कर्मचारीहरुलाई घरमै बसेर काम गर्न सक्ने व्यवस्था गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारले अनलाइनबाट कार्य गर्न सम्पर्क नहुने र बढी जनसम्पर्क हुने कार्यालयहरु अर्को निर्णय नभए सम्मका लागि स्थगित गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);