अप्ठेरोमा भारत, नेपालले बिर्सिएको छिमेकको दायित्व (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

अप्ठेरोमा भारत, नेपालले बिर्सिएको छिमेकको दायित्व (भिडियाेसहित)

यतिबेला छिमेकी मुलुक भारत कोरोना संक्रमणकै कारण विपत्तीमा छ । भारतमा सकृय कोरोना संक्रमितको संख्या करिब ३० लाख छन् । पछिल्ला दिनहरुमा दैनिक साढे ३ लाख संक्रमित थपिने क्रम जारी छ । यस्तै यही अवधिमा ३ हजार भन्दा बढीको मृत्यु भैसकेको छ । योसँगै कोरोनाकै कारण भारतमा मृत्यु हुनेको आँकडा २ लाख नाघिसकेको छ भने कुल संक्रमितहरुको संख्या १ करोड ८० लाखको हाराहारी पुगिसकेको छ । भारतमा कोरोनाको असर सबैभन्दा बढी महाराष्ट्र राज्यमा देखिएको छ ।

महाराष्ट्रमा कोरोनाको दोश्रो लहरबाट पछिल्लो २४ घण्टमा मात्रै करिब ९ सयको मृत्यु भएको छ भने योसँगै भारतका अन्य राज्यहरु दिल्लीमा करिब ४ सय, उत्तर प्रदेशमा करिब ३ सय, छत्तीसगढमा करिब २ सय ५०, कर्नाटकमा करिब २ सय गुजरातमा १ सय ७० र राजस्थानमा सय भन्दा बढीको मृत्यु भएको छ । कोराना माहामारीकै रुपमा फैलिएपछि यतिबेला भारत आफ्ना नागरिकहरुलाई महामारीबाट बचाउनका लागि हरसम्भव प्रयासमा जुटेको छ ।

ठाउँ ठाउँबाट अक्सिजनको अभाव र आबश्यक स्वास्थ सामाग्रीको आपुर्ती ब्यवस्थापनमा भारतको केन्द्रिय सरकार र प्रान्तीय सरकारहरुले आफुले सकेसम्मको प्रयासमा जुटेका छन् । यस्तो समयमा मित्र राष्ट्रहरुबाट आउने सहयोगको ज्यादै नै महत्व रहेको हुन्छ । भारतको परम्परागत शत्रुका रुपमा स्थापित भईसकेको पाकिस्तान र चिनले समेत संकटमा परेको भारत समक्ष सहयोगी हातहरु बढाएका छन् । नेपालको बिगत हेर्ने हो भने आफुले सहयोग लिंदै आएका हुन् वा मित्रवत ब्यवहार भएका मुलुकहरु हुन्, ति राष्ट्रमा विपत्ती आईलाग्दा आफ्नो गच्छे अनुसार सहयोग गर्दै आएको देखिन्छ ।

बिगतमा जापान होस वा चिन र भारत नै पनि विपदमा पर्दा नेपालले प्रतिकात्मक भएपनि सहयोगको हात बढाएकै पाईन्छ । त्यसमाथी छिमेकी मुलुक भारत त नेपालकै लागि भर अभरको मित्रका रुपमा दशकौंदेखि सहयोगी रहँदै आएको मुलुक पनि हो । यस्तोमा यतिबेला भारत आफैं विपत्तीको मारसँग पौंठा लडाई रहेको स्थितीमा नेपाल भने मुक भएर बस्नु बिडम्बना नै हो । अप्ठेरोमा सधैं भारतको मुख ताक्ने नेपाल यतिबेला भारत अप्ठेरोमा पर्दा समेत सहयोगी बन्न सकेको देखिएन ।

भारतको यतिबेलाको आबश्यकता अनुसारको सहयोग गर्नसक्ने हैसियतमा नेपाल पक्कै नहोला तर, नेपालले सदभावपुर्वक चार पाँच दर्जन अक्सिजन सिलिण्डर मात्रै दिएपनि त्यसले मैत्री गाँठो कस्नलाई राम्रै भरथेग गर्ने थियो । लाखौं भारतीयहरु यतिबेला कोरोनाको ग्रास बन्न पुगेका छन्, करोंडौको संख्यामा कोरोना प्रभावित बन्न पुगेका छन्, यस्तोमा मानवीय नाता समेत छिमेकीको कर्तब्य पुरा गर्नमा नेपाल चुकेको आभाष मिल्न थालेको छ । यतिबेला भारतलाई सहयोग गर्न र सहयोग जुटाउन लागिपर्नु पर्ने नेपाल आफैंलाई थेगिन धौधौ परेको भारतसँग सहयोगको अपेक्षा गरिहेको छ । मित्रताको यो भन्दा बिडम्बनापुर्ण स्थिती अर्को के हुन सक्ला ?

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);