सुबास चौलागाई
भक्तपुर । सरकारले काठमाडौं उपत्यकामा भोलिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि उपत्यका छाडेर भक्तपुरको जगाती नाका हुदै घर फर्किनेहरुको भीड देखिएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । त्यसैले हिजो दिनभर संगै आज बिहानैदेखि काठमाडौं उपत्यका छाडेर घर फर्किनेहरुको भीड लागेको छ ।
खासगरी सरकारले काठमाडौं उपत्यकामा बिहीबारदेखि लागू हुनेगरी दुई हप्ता निषेधाज्ञा जारी गरेको छ। केही समय अघिसम्म यात्रुविहिन गुडेका सवारी साधनले खाँदाखाद यात्रुहरु लिएर उपत्यका छाडेका छन् ।