सप्तरीमा मास्क नलगाउने लाई कारवाही | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८२, आइतबार

सप्तरीमा मास्क नलगाउने लाई कारवाही

सप्तरी । सप्तरीमा मास्क नलगाउने ६ सय २४ जनालाई कारवाही गरि रु १०० का दरले जरिवाना काटी रु ६२ हजार ४ सय राजश्व समेत संकलन गरीएको छ।

बिश्वरभर तिब्र रुपमा फैलिएको कोभीड १९ कोराना भाईरसको महामारीको रोकथाम एंव नियन्त्रणको लागी सर्वसाधारण मानिसहरु आफै सचेत भई भिडभाड नगर्ने तथा अति आवश्यक काम भन्दा घरबाट बाहिर ननिस्कन, बाहिर निस्किदा मास्कको प्रयोग गर्ने भनिएकोमा सप्तरी जिल्लाको सदरमुकाम राजबिराज लगायत अन्य बिभिन्न स्थानहरुमा मास्क नलगाई बाहिर निस्केका ब्यक्तीहरुलाई कारवाही गरीएको छ।

माक्स नलगाई हिंडे संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने सप्तरी प्रमुख जिल्ला अधिकारी फडिन्द्र पोख्रेलले जानकारी गराए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);