मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गराैँ : उर्जामन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गराैँ : उर्जामन्त्री

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले मुलुकलाई दू्रतगतिमा विकासको बाटोमा अगाडि बढाउन युवा नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आगामी निर्वाचनपछि मुलकमा युवा नेतृत्व आउनुपर्ने र उसले मात्रै देशलाई विकासको बाटोमा अघि बढाउने जिकिर गर्नुभएको हो ।

मन्त्री घिसिङले आगामी निर्वाचनपछि बन्ने सरकारले देशलाई सही बाटोमा अघि बढाउनुपर्ने भएकाले सोही सोचलाई अगाडि बढाउने गरी युवा नेतृत्व चयन गर्न सबैले लाग्नुपर्ने समेत बताउनुभयो ।

उहाँले मुलुकको पूर्वाधार क्षेत्रको विकासमा तिब्रता दिनका लागि निजी क्षेत्रको लगानी आवश्यक भएकाले त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्न पनि ढिलाई गर्न नहुनेमा जोड दिनुभयो ।

मन्त्री घिसिङले मुलुकको पूर्वाधार विकासको कामले तिब्रता नपाउनुमा निर्माण व्यवसायीहरु जिम्मेवार रहेको आरोप समेत लगाउनुभयो ।

Leave a Reply