Our Network

वैशाख २९ २०७८, बुधवार

सप्तरीमा स्थानीय संघ संस्थाहरुद्वारा मास्क वितरण

सप्तरी । सप्तरीको विभिन्न नगरपालिकाहरुमा स्थानीय सघं संस्थाहरुको मास्क वितरण तथा जनचेतना मुलक कार्यले तिब्रता पाएको छ। जिल्लाका विभिन्न संघसंस्थाहरुले कोरोना संक्रमणको स्थितिलाई लक्षित गर्दै मास्क वितरणको कार्यलाई तिब्रता दिएका हुन् ।

यसैक्रममा वाइ सी एलजिल्ला कार्यसमिति सप्तरी, राष्ट्रिय युवा संघ नेपाल सप्तकोशी नगरपालिका फत्तेपुर नगर कमिटीले स्थानीय स्तरमा मास्क वितरण गरेको छ ।

वर्तमान कोरोना संक्रमणको जोखिमको स्थितिमा स्थानीय निकाय गम्भीर नभएको हुँदा मास्क वितरणलाई तिब्रता दिइएको वाइ सी एल जिल्ला कार्यसमिति सप्तरी केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज एजेट लामाले बताए ।

Leave a Reply