वीरगन्ज । काेराेना संक्रमणका कारण वीरगन्जमा थप दुईजनाको मृत्यु भएको छ । सर्लाहीका एक पुरूष र बाराकी एक महिलाको काेराेना संक्रमणका कारण मृत्यु भएको हाे ।
सर्लाही-४ धनगढाका ४३ बर्षीय पुरूषकाे बुधबार बिहान १:४० मा मृत्यु भएको नारायणी अस्पतालका काेभिड संयाेजक डाक्टर सराेजराेशन दासले जानकारी दिए । ती पुरूषलाइ मंगलबार नारायणी अस्पतालमा भर्ना गरिएको थियाे ।
त्यस्तै बाराकाे सुवर्ण गाउँपालिका वडा नम्बर ७ कि ३० बर्षीया महिलाको पनि काेराेना संक्रमणका कारण मृत्युु भएको छ । बैशाख १३ गते भर्ना गरिएको उनमा साेही दिन काेराेना पाेजेटिभ देखिएको थियाे । उनकाे उपचारका क्रममा बुधबार राति १२:१५ बजे मृत्यु भएको डाक्टर दासले बताए ।