एजेन्सी । युरोपीयन च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आज स्पेनको रियल मेड्रिड र इंग्ल्याण्डको चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ । स्पेनिस क्लब रियल र इंग्लिस क्लब चेल्सीबीचको खेल रियलको अस्थाई मैदान अल्फ्रेडो डी स्टेफानोमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा रियल जित निकाल्दै फाइनलको नजिक पुग्न चाहन्छ । तर, च्याम्पियन्स लिगका सर्वाधिक सफल टिम रियललाई चेल्सीविरुद्ध सहज भने हुने छैन । चेल्सी पनि रियललाई स्तब्ध पार्दै फाइनल नजिक पुग्न चाहन्छ । रियल र चेल्सीबीच यो चौंथो भेट हो ।
यस अघिका तीन भेटमा चेल्सीले २ जित निकाल्दा एक खेल बराबरी भएको थियो । चेल्सीविरुद्ध रियलका विंगर इडेन हाजार्ड खेल्ने सम्भावना रहेको छ । चेल्सीका पूर्व खेलाडी समेत रहेका हाजार्ड चोट मुक्त भएर मैदान फर्किसकेका छन् ।