गण्डकी प्रदेश: मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८१, शनिबार

गण्डकी प्रदेश: मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने

पाेखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि आज मतदान हुने भएको छ ।

यही वैशाख २ गते गुरुङविरुद्ध दर्ता भएको अवविश्वास प्रस्ताव सोमबार सदनमा पेश भइ छलफल सुरु भएपछि आज मतदान हुने बताइएको छ ।

प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललगायत केही सांसदले छलफलमा भाग लिएपछि प्रदेशसभाको सोमबारको बैठक आज दिउँसो सवा १२ बजेसम्मका लागि स्थगित भएको छ ।

आज थप केही सांसदले प्रस्तावमाथि आफ्नो धारणा राख्ने र मुख्यमन्त्री गुरुङले जवाफ दिएपछि अविश्वास प्रस्तावमाथि मतदान सुरु हुने बताइएको छ ।

गुरुङविरुद्ध यही वैशाख २ गते कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका २८ जना सांसदले विशेष अधिवेशन माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए ।

सोमबारको छलफलमा भाग लिँदै प्रस्तावित मुख्यमन्त्री पोखरेलले साढे तीन वर्ष हुँदा पनि एमाले नेतृत्वको प्रदेश सरकारले उल्लेखनीय काम गर्न नसकेको आरोप लगाउनु भयो ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार फेर्न ३१ मत आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);