पाटीभित्रैबाट संघर्ष गर्छौ : नेता विष्ट | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

पाटीभित्रैबाट संघर्ष गर्छौ : नेता विष्ट

gokarna bista

गुल्मी । नेकपा एमालेका नेता गोकर्ण बिष्टले पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाहीका नाममा पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन् । शनिबार गृह जिल्ला पुगेका नेता विष्टले गुल्मीको भुवाचिदीमा अगुवा कार्यकर्ता भेलालाई संम्बोधन गर्दै यस्तो बताएका हुन ।

नेता विष्टले सत्ता–शक्तिको अहंकारमा पार्टी अध्यक्ष ओलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई नै सिध्याउने गरी पार्टीको विधि र पद्धति उल्लंघन गरेको आरोप लगाएका छन । उनले भने कारबाहीको नाममा प्रधानमन्त्री ओलीले जुन खालको स्वच्छचारी व्यवहार देखाउनु भएको छ, त्यसबाट कति पनि विचलित नभई पाटीभित्रै संघर्ष गर्ने बताएका छन् । उनले भने, ‘ओलीले पार्टी एकताको पूरै झ्याल–ढोका बन्द गरेका छन् । बन्द ढोकाको बलेनी मै बसेर, त्यसमाथि पानी परोस्, रुझेरै भएपनि पार्टी एकताका लागि लडिरहनेछौं ।’

महाभारत कालमा पनि सन्की साशकले रामलाई १४ वर्ष वनबास पठाएको उल्लेख गर्दै उनले रामलाई सत्यको जित हासिल गर्न १४ वर्ष लागेझै आफूहरुलाई पनि सत्यको जित हाँसिल गर्न केही समय लाग्ने तर्क गरेका छन् ।

बहुमत सदस्यसहित ९औं अधिबेशनमा ओली प्यानलबाटै निर्वाचित ३ जना उपाध्यक्ष समेत माधव नेपाल समूहमा रहेको बताउदै ओली पक्षको एउटा सानो समूहले गठन गरेको महाधिवेशन आयोजक समिति, स्थायी कमिटी, कसैलाई सुम्पिएको जिम्मेवारी र हाटाइएको जिम्मेवारी मान्य नहुने उनले बताए ।

Leave a Reply