ईण्डोनेसियाली पनडुब्बीको खोजी कार्यमा भारतीय नौसेनाकाे सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

ईण्डोनेसियाली पनडुब्बीको खोजी कार्यमा भारतीय नौसेनाकाे सहयोग

एजेन्सी । बुधबार बाली टापु नजिकको समुद्री ईलाकाबाट हराई रहेको ईण्डोनेसियाली पनडुब्बीको खोजी कार्यमा भारतीय नौसेनाले सहयोग पु¥याउने भएको छ । बुधबार इन्डोनेसियाको के. आर. आइ नांगाला ४०२ नामक पनडुब्बी टोर्पेडो ड्रिलको क्रममा बाली टापुमा हराएको थियो ।

भारतीय सेनाका अनुसार सो हराएको पनडुब्बी उद्दार गर्नको निमित्त उद्धार टोली सहितको जहाज भारतीय बन्दरगाह विशाखापट्टनमबाट प्रस्थान गरिसकेको छ । भारतले पठाएको उक्त उध्दार जहाजमा डीएसआरभी स्क्यानर सहितको नयाँ प्रविधी भएको भारतीय नौसेना श्रोतले बताएको छ ।

भारत लगायत सिंगापुर, मलेसिया जस्ता मुलुकहरुले समेत सो इन्डोनेसियाली पनडुब्बी पत्ता लगाउन सहयोग पु¥याइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);