दुई सातादेखि हराइरहेको पनडुब्बीको खोजी रोकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौँ, १५ मंसिर । अर्जेन्टिनाको नौसेनाले, दुई सातादेखि हराइरहेको पनडुब्बीको चालक दलका सदस्य सहित ४४ जनाको उद्धार प्रयास रोकिएको बताएको छ। नौसेनाका प्रवक्ता इनरिके बाल्बीले व्यापक प्रयास गरिए पनि उक्त पनडुब्बी कहाँ हराएको छ भनेर पत्ता लगाउन सम्भव नभएको बताएका छन्।

पनडुब्बी एआरए सान जुआनले अन्तिमपटक नोभेम्बर १५ तारिखका दिन सम्पर्क गरेको थियो। अन्तिमपटक सम्पर्कमा आएको ठाउँ नजिकै एउटा शंकास्पद विस्फोट भएपछि उक्त पनडुब्बीमा जीवित कोहि होला भन्ने आशा कमजोर बनेको थियो। क्याप्टेन इनरिके बाल्बीले चालक दलको उद्धार गर्ने सम्भावना रहेको समय भन्दा दोब्बर बढाउँदा पनि उपलब्धि हात नलागेको बताए। उनले उद्धार टोलीले समुद्र भित्र भने पनडुब्बीको खोजीलाई निरन्तरता दिने बताए।

उनले अब उद्धार तथा खोजको चरण बदलिएको भन्दै सान जुआन हराएको ठानिएको क्षेत्रमा अन्य पानीजहाज र पनडुब्बीहरुको प्रयोग गरेर जहाजका टुक्राटाक्री खोज्न केन्द्रित हुने जनाएका छन्। सान जुआनमा विस्फोट भएको शंका गरिएको खबर गत साता उक्त पनडुब्बीमा सवार चालकदलका आफन्तहरुलाई दिइएको थियो। नौसेनाको मर डे प्लाटा अखडामा भेला भएका आफन्तहरुले त्यसको प्रतिक्रियामा पीडा र आक्रोश व्यक्त गरेका थिए।

परिवारका सदस्यहरुले नौसेनाले आफूहरुसँग झुटो बोलेको र गलत आशा देखाएको आरोप लगाएका थिए। उक्त पनडुब्बीको खोजी कार्यका लागि अन्तर्राष्ट्रिय रुपमा १ दर्जन भन्दा बढी देशका ४ हजार मानिस खटिएका थिए। नोभेम्बर १५ तारिखमा अन्तिम पटक उक्त पनडुब्बी सम्पर्कमा आउँदा क्याप्टेनले चालक दलहरु ठीकठाक रहेको पुष्टि गरेका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);