हिउँमा फसेका बाबुछोराकाे पाँच दिनमा पनि उद्धार हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

हिउँमा फसेका बाबुछोराकाे पाँच दिनमा पनि उद्धार हुन सकेन

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा पाँच दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धार हुन सकेको छैन । आइतबार बिहान दुई पटक हेलिकोप्टरले उद्धारको प्रयास गरे पनि सफल भएको छैन । 

पाँच दिनअघि आएको हिउँ पहिरोले अन्दाजी ५०–५५ वर्षका लाक्पाटाँसी र उनका १४–१५ वर्षीय छोरा पासाङ शेर्पालाई बगाएको हो । ‘चौरीसँगै हिउँ पहिरोले बगायो । तर, ओढर भेटेर बसेका छौँ । हामी निस्कन नसक्ने भयौं ।

हेलिकोप्टरबाट निकालिदिनु’ भन्दै शनिवार बिहान फोनबाट आग्रह गरेको  मिक्वाखोला गाउँपालिका–५ का वडा अध्यक्ष डण्डु शेर्पाले बताए । समुद्र सतहबाट चार हजार मिटर उचाइमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौंरी गोठ सार्ने क्रममा उनीहरू हिउँमा फसेको हुन् । 

शनिवार बिहान पनि हेलिकोप्टरमार्फत उनीहरूको उद्धार प्रयास भएको थियो । तर, कुन ठाउँमा  बसेको छन् मेसो नपाएपछि हेलिकोप्टर त्यसै सुकेटार विमानस्थल फर्केको थियो । आइतबार बिहान पनि उद्धारका लागि दुई पटक सुकेटरबाट पापुङको लोनाकमा हेलिकोप्टर गएको थियो ।

आज पनि उनीहरू बसेको ठाउँ पत्ता नलागेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे जानकारी दिए । फोनसम्पर्क भएकाले बाबुछोरा बसेको ठाउँमा आगो बालेर धुवाँ निकाल्न अनुरोध गरेको पाण्डेले बताए । धुवाँ निस्केपछि ठाउँ पहिचान गरेर हेलिकोप्टरमार्फत उद्धार गर्ने पाण्डेको भनाइ छ । 

हिउँमा फसेका बाबुछोराको उद्धार गर्न पुगेको अल्टिच्युट एयर कम्पनीको हेलिकोप्टर । बाबुछोरा बसेको ठाउँ पत्ता नलाग्दा अहिलेसम्म उद्धार हुन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);