रुखमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रुखमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

सर्लाही । सर्लाहीको ईश्वरपुरस्थित सागरनाथ जंगलका भएको मोटरसाइकल दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । 

ईश्वरपुर नगरपालिका–३, स्थित भक्तिपुर–वयलवास सडकखण्डको सागरनाथ जंगलमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा परेर ईश्वरपुर नगरपालिका–१० का अरुण सिंह, सोेही स्थानका श्रगम विश्वकर्मा र रोहन सिंहको मृत्यु भएको  जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । 

उनीहरू सवार बा १९ प ७१९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रुखमा ठोकिएको थियो । उनीहरु सडकबाट १० मिटर तल पुगेका थिए । 

प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुडाथोकीले जानकारी दिए  ।

एकैगाउँका तीन जनाको मृत्युले गाउँ पुरै शोकमा डुबेको छ  । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);