काठमाडौं । एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसदहरु छलफलमा जुटेका छन् ।
एमालेले स्पष्टिकरण पत्र पठाएपछि नेपाल पक्षका सांसदको भेला नयाँ बानेश्वरस्थित अर्याल होटलमा सुरु भएको छ । एमालेले नेपाल सहित २७ प्रतिनिधि सभा सदस्य र ५ जना प्रदेश सभा सदस्यलाई आज मात्र अन्तिम स्पष्टिकरण पत्र पठाएको छ । चार बुँदे स्पष्टिकरण पत्रमा तपाईंहरुलाई किन कारबाही नगर्ने ? भन्दै बिभिन्न प्रश्न सोधिएका छन् ।
भेलामा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहेको सो पक्षका सांसद गोकर्ण विष्टले जानकारी दिए । तर एमालेले विष्टसहित नेपाल पक्षमा खुलेका ८ सांसदलाई स्पष्टिकरण सोधेको छैन । पार्टी फुटेको औपचारिक घोषणा गर्नका लागि भेला बोलाइएको हो भन्ने प्रश्नमा विष्टले भने ‘हामी अन्तिमसम्म पार्टी एकताकै पक्षमा उभिन्छौं ।’
आइ.एन.ए