काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।
आजको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि महत्वपूर्ण निर्णय लिने सम्भावना रहेको बताइएको छ ।
आजको बैठकले विशेषगरी बालबालिकालाई कोरोना संक्रमणबाट जोगाउन विद्यालयहरु बन्द गर्ने सम्बन्धमा निर्णय हुन सक्ने बताइएको छ ।
शनिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गरी अनलाइन माध्यमबाट पढाउनु पर्ने सिफारिस गरेको थियो । आजको बैठकमा सो प्रस्ताव पनि छलफलको विषय रहेको छ ।
बैठकबाट स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी हुने बताइएको छ । पछिल्लो सयम नेपालमा कोरोना संक्रमणको दोश्रो लहर चलेको छ ।
दैनिक संक्रमित हुनेको संख्या बढ्दै गईरहेको छ । यस्तो अवस्थामा विद्यालय बन्द गर्ने विषयमा भने अलमलमा परेको छ ।
स्वास्थ्य मन्त्रालयले विद्यालयहरु बन्द गरिनुपर्ने बताउँदै आएको भएपनि यस विषयमा निर्णय भने हुन सकेको छैन ।