२४ घण्टामा १ हजार ९६ जनामा कोरोना संक्रमण, ४ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

२४ घण्टामा १ हजार ९६ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ९६ मा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोनाको दोश्रो लहर सुरु भएदेखि संक्रमित संख्या एक हजार नाघेको आज नै पहिलो पटक हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको पाँच हजार ८४ पीसीआर परीक्षण मध्ये एक हजार ९६ मा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौंका तीन सय २६, भक्तपुरका ४५ र ललितपुरका ६४ गरी उपत्यकामा चार सय ३५ रहेका छन् ।
योसँगै नेपालमा कुल संक्रमित हुनेको संख्या दुई लाख ८४ हजार ६ सय ७३ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४ को मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन हजार ८३ पुगेको छ ।

पछिल्लो २४ घण्टाका दुई सय ६२ सहित नेपालमा संक्रमणमुक्त हुनेको कुल संख्या दुई लाख ७५ हजार ३ सय पुगेको छ । हाल नेपालमा छ हजार २ सय ९० सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);