एजेन्सी, २६ असोज । ट्रम्पका कारण उत्तर कोरियासँग तनाब उत्पन्न भएको उत्तर कोरियाले आरोप लगाएको छ ।
ट्रम्पकै कारण उत्तर कोरियासँग अमेरिकाको तनाब उत्पन्न भएको खबर उत्तर कारियाका विदेश मन्त्रीलाई उध्रित गर्दै एक स्थानीय न्युज एजेन्सीले लेखेको अन्तराष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ ।
उत्तर कोरियाका विदेश मन्त्री रि योङ होले टिएसएस रसियन एजेन्सीसँग बोल्दै गत सेप्टेम्बरमा भएको संयुक्त राष्ट्र संघको महासभामा ट्रम्पले दिएको भनाई निकै असान्धर्भिक रहेको आपत्ती जनाएका छन् ।
उक्त कार्यक्रम ट्रम्पले अब उत्तर कोरिया पुरै ध्वस्त हुने र किम जोन उनका बारेमा विभिन्न अपशब्द बोलेको योङको भनाई रहेको छ ।
अब बोलीले मात्र केही नहुने यसको अन्तिम विकल्प युद्व नै भएको उक्त एजेन्सीमार्फत योङले बताएका हुन् ।