कोटेश्वर कलंकी सडक, ४ बर्षमा बल्ल आधा काम | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

काठमाडौँ, २६ असोज । कोटेश्वर कलंकी सडक खण्ड सुधार गर्ने काम थालेको ४ बर्षभन्दा बढी भइसकेको छ। कामले गति लिन नसक्दा चार बर्ष बित्दा बल्ल आधा काम सकिएको काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ।

आयोजनाका इन्जिनियर निरञ्जन शर्माले देशमा भएको प्रमुख घटना भूकम्प, नाकाबन्दीका कारण काममा देखिने गरी प्रगति नभएको बताए। आयोजनाले काम सम्पन्न गर्न तोकेको म्याद सकिन अब ९ महिनामात्रै बाँकी छ।

सन् २०१३ सेप्टेम्बर १३ मा निर्माण सुरु गरेको निर्माण पक्षले विविध कारणवस काम गर्न नसकेपछि सन् २०१८ जुलाई ३१ भित्र काम सम्पन्न गर्न आयोजनालाई म्याद थप गरेको थियो। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);