मकैको खोसेलाबाट खेलौना तथा सजावट सामाग्री निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मकैको खोसेलाबाट खेलौना तथा सजावट सामाग्री निर्माण

खोटाङ, २४ चैत । खोटाङको साकेला गाउँपालिकामा खेर जाने मकैको खोसेलाबाट विभिन्न किसिमका खेलौना तथा सजावटका सामाग्री निर्माण गर्न थालिएको छ ।

२०७३ सालदेखी सञ्चालित प्रधानमन्त्री कृषी आधुनिकीकरण परीयोजना अन्तर्गत स्थानीयलाई मकैको खोसेलाबाट विभिन्न किसिमका खेलौना तथा सजावटका सामाग्रीहरु निर्माण गर्न सिकाईएको हो ।

कुल १ लाख ४३ हजारको लागतमा स्थानीयलाई सिपमुलक तालिम दिईएको हो । सिपमुलक कार्यक्रममा खोटाङ, भोजपुर, सिराहा लगायत जिल्लाका २१ जना सहभागि थिए । यसबाट राम्रो आम्दानी हुनुको साथै खोसेलाबाट अझै धरै किसिमका सामाग्रीहरु बनाउन सकिने प्रशिक्षकको भनाई छ ।

परियोजनाले मकैको विउ निशुल्क वितरण, मकैमा लाग्ने रोग पहीचान गरी नियत्रण तथा विषादी वितरण साथै अत्याधुनिक कृषी औजारहरु अनुदानमा समेत वितरण गर्द आएको छ ।उत्पादित सामाग्रीको बजार व्यवस्थापनमा पनि परियोजनाले पहल गर्ने बताईएको छ ।

मकै खेतीमा सरकारले गरेको लगानीलाई थप आयमुलक बनाउदै लगिएकोले कृषि क्षेत्रमा सर्वसाधारणको आर्कषण बढ्दै गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);