अत्याधुनिक सुविधा सहितको लिलाराम न्यौपाने आकस्मिक भवनबाट सेवा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अत्याधुनिक सुविधा सहितको लिलाराम न्यौपाने आकस्मिक भवनबाट सेवा सुरु

रुपन्देही, २३ चैत । रुपन्देहीको भैरहवामा रहेको भिम अस्पतालमा अत्याधुनिक सुविधा सहितको लिलाराम न्यौपाने आकस्मिक भवनबाट सेवा सुरु गरेको छ । लिलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले अस्पताललाई अत्याधुनिक सुविधा सहितको आकस्मिक भवन हस्तान्तरण गरेको हो ।

३ करोड २५ लाखको लागतमा तयार भएको भवनमा आकस्मिक सेवा साथै २ वटा भेन्टिलेटर, ४ शैया आईसियु कक्ष, १० वटा शैया, र प्रतिक्षा केन्द्र रहेको छ । भवन हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै जिल्ला अस्पतालहरुलाई ५० शैयाको बनाइने बताए ।

भीम अस्पतालले २४ सै घण्टा आकस्मीक सेवा दिईरहेको छ । त्यहाँहाल ओपिडि, आकस्मिक, प्रसुती र सामान्य चिकित्सा, मातृ शिशु सेवा खोप पोषण परिवार नियोजन, डट्स , कृष्ठरोग उपचार लगायतका सेवाहरु उपलब्ध छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);