प्रधानमन्त्री ओलीले एकैपटक १ सय ६५ वटा निर्वाचन क्षेत्रमा बन्ने सडकको संयुक्त शुभारम्भ गर्दै | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

प्रधानमन्त्री ओलीले एकैपटक १ सय ६५ वटा निर्वाचन क्षेत्रमा बन्ने सडकको संयुक्त शुभारम्भ गर्दै

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १ सय ६५ वटा निर्वाचन क्षेत्रमा बन्ने निर्वाचन क्षेत्र स्तरीय सडक निर्माणको संयुक्त शुभारम्भ गर्दै हुनुहुन्छ ।

शनिबार बालुवाटारमा एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पटक १ सय ६५ वटा निर्वाचन क्षेत्रमा बन्ने निर्माणको सुरुआत गर्नुहुने भएको हो ।

सडक विभागका अनुसार निर्वाचन क्षेत्र स्तरीय सडक सडकहरुको निर्माणको प्रधानमन्त्री ओलीले संयुक्त रुपमा शुभारम्भ गर्नुहुनेछ । प्रधानमन्त्रीले स्विच थिचेर प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा सडक निर्माणको शिलान्यास गर्नुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो वर्ष सरकारले प्रत्येक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ । बहुवर्षीय ठेक्का अन्तरगत बन्ने यस्ता अधिकांश सडकहरुको विस्तृत परियोजना प्रतिवेदन डीपीआर र वातावरणीय अध्ययन भने तयार भएको छैन ।

प्रधानमन्त्री ओलीले गत फागुनमा पनि मदन भण्डारी राजमार्ग अन्तर्गत सुनसरीको धरानदेखि झापाको बाहुनडाँगी खण्डमा निर्माण हुने ३१ वटा पुलको एकैपटक शिलान्यास गरिसक्नु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);