आफ्नै सामानको पैसा माग्दा व्यापारीमाथि गोली प्रहार | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

एजेन्सी । आफ्नै सामानको पैस माग्दा जीवन र मृत्युको दोसाधमा पुगिन्छ भन्ने सायदै कसैले सोचेका हुँदैनन् । तर भारतको राजधानी दिल्लीमा यस्तै भएको छ ।

सोमबार पूर्वी दिल्ली गाजीपुर इलाकामा मध्येरातमा बाइकमा सवार युवकहरुले व्यापारीको पसलमा गएर नरिवल पानी मागे । मध्येरातमा पसल नखोल्ने बताएपछि धम्काएर ती युवकहरुले नरिवल पानी त खाए तर पैसा माग्दा व्यापारीमाथि गोली चलाएर उनीहरु भागे ।

गम्भीर घाइते भएका व्यापारी लालबहादुर शास्त्री अस्पतालमा जीवन र मृत्युका दोसाधमा रहेका छन् । घटनाको दुई दिन पहिले पनि सोही टोलमा मध्येरातमा १० राउण्ड गोली चलेको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);