६ वर्षीय विद्यार्थीको 'जाँच'मा शिक्षक फेल भए | ईमाउण्टेन समाचार

Our Network

असोज २५ २०८३, सोमबार

एजेन्सी, २५ असोज । नाइजेरियाको उत्तरी क्षेत्रमा रहेको कडुना प्रान्तमा प्राथमिक विद्यालयका हजारौं शिक्षकहरु ६ वर्षीय विद्यार्थीका लागि तयार पारेका प्रश्नपत्रको परिक्षामा अनुत्तीर्ण भएपछि बर्खास्त गरिने भएका बीबीसीले जानकारी दिएको छ ।

कडुना राज्यका गभर्नर नासिर एल रुफाइका अनुसार जम्मा शिक्षक संख्याका दुई तिहाइ २१,७८० शिक्षकहरुले जाँचमा ७५ प्रतिशत या त्यो भन्दा माथिको नम्बर ल्याउन नसकेको कारण बर्खास्त गर्नुपरेको हो ।

अनुत्तीर्ण भएका शिक्षकहरुलाई विस्थापित गर्न २५ हजार नयाँ राम्रो शिक्षकहरु भर्ना गरिने उनको भनाई छ ।

एल रफाइले प्रान्तीय राजधानी कडुनामा विश्व ब्यांकका प्रतिनिधिसँगको भेटका बेला त्यस्तो प्रतिक्रिया दिएका हुन्।

नाइजेरिया कै एक मिडीयालाई मान्ने हो भने विगतमा शिक्षक नियुक्तिलाई राजनीतिकरण गरिएको कारण यस्तो नतिजा आएको हो।

एल( रफाइले उक्त राज्यमा विद्यमान विद्यार्थी शिक्षकबीचको अनुपात पनि संबोधन गरिने बताए।

उनका अनुसार अहिले कतिपय ठाउँमा एकजना शिक्षकका लागि नौ विद्यार्थी छन् तर कैयौं अरु ठाउँमा त्यो संख्या एक शिक्षक र १०० विद्यार्थीको छ।

 

ताजा समाचार