एजेन्सी, १९ चैत । भारतीय अभिनेता रजनीकान्त दादा साहेब फाल्के पुरस्कारबाट सम्मानित हुने भएका छन् ।
भारतका सूचना तथा प्रशारण मन्त्री प्रकाश जावडेकरले सामाजिक सञ्जाल ट्विीटरमार्फत २०१९ को दादा साहेब फाल्के अवार्ड अभिनेता रजनीकान्तलाई प्रदान गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
दादा साहेब फाल्के पुरस्कारलाई भारतीय चलचित्र क्षेत्रमा गरेको योगदानका लागि दिइने सवोत्कृष्ट सम्मानका रुपमा लिइन्छ ।
२०१९ लागि दादा साहेब फाल्के पुरस्कारको घोषणा गत वर्ष नै भईसक्नु पर्ने भएपनि कोरोना महामारीका कारण अहिले घोषण गरिएको हो । पुरस्कार आउँदो मे ३ मा प्रदान गरिने छ ।
जुरीमा रहेका आशा भोसले, सुभाष घई, मोहनलाल, शंकर महादेव र विश्वजीन चटर्जी रहेको जुरीले सर्वसम्मत रुपमा दक्षिण भारतीय अभिनेता रजनीकान्तलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको पनि सूचना मन्त्री जावडेकरको ट्विीटमा उल्लेख गरिएको छ ।




